सहकारी मात्रै होइन, खसी, बोका र बाख्रा पाल्नेको पनि छानबिन गरौँः रवि लामिछाने

काठमाडौं— उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा मात्रै नभई कृषि अनुदानको रकम हिनामिना गर्नेहरूमाथि पनि छानबिन गरेर बाहिर पठाउनुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले प्रमाण जुटाएर कारबाही गर्ने आँट गरे हुने पनि बताए।
‘प्रमाण जुटाएर कारबाही गर्ने आँट गर्नुभएको भए हुन्थ्यो। सहकारी ठगी गर्नेलाई मात्रै होइन, कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, हाँस, माछा, खसी, बोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔँ,’ लामिछानेले भने।
►गृहमन्त्री लामिछानेको चेतावनी- अब देश तपाईँहरूको गन गनले मात्र चल्दैछ
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१ १९:११