संसद् बैठकमा आज पनि कांग्रेसको अवरोध मंगलबार, जेठ ८, २०८१
-1715153168.jpg)
उपेन्द्रको दुवै रिटको पेसी आज मंगलबार, जेठ ८, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको दुवै रिटको पेसी आजका लागि तोकिएको छ। यादवले आफ्नो दल जसपा नेपाल विभाजनविरुद्ध र प्रधानमन्त्रीले विश्वासको मतविरुद्धको रिटको पेसी आजका लागि तोकिएको हो। अशोक राईको नेतृत्वमा अर्को दल जनता समाजवादी पार्टी (जसपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदर गर्न माग...
-1716184453.jpg)
संसद्को अवरोध हटाउन प्रमुख सचेतकहरुसँगको छलफलमा सभामुख घिमिरे मंगलबार, जेठ ८, २०८१ सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन प्रमुख सचेतकहरुसँग छलफलमा जुटेका छन्। यसअघि आज नै संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए। त्यसपछि नयाँ बानेश्वरस्थित आफ्नो कार्यकक्षमा सभामुख घिमिरेले मुख्य सबै दलका प्रमुख सचेतकहरुसँग छलफल गरिरहेको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।
-1716269012.jpg)
सहकारी ठगी प्रकरणः कार्यादेशबारे सहमतिको खाका कोर्दै कार्यदल मंगलबार, जेठ ८, २०८१ सहकारी ठगी प्रकरणको विषयमा संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको गठित कार्यदलको बैठकमा छलफल जारी रहेको छ। कानुन मन्त्रालयमा जारी छलफलमा सहकारी ठगी प्रकरणको विषयमा संसदीय छानबिनको लागि कार्यादेश (टीओआर) का विषयमा आफूहरु सहमति नजिक रहेको कार्यदलका सदस्य एवं एमाले प्रमुख सचेतक महेश बर्तौलाले न्यूजगृहलाई जानकारी दिए। ‘हामी सहमतिको नजिक...
-1716101323.jpg)
संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक सुरु, जुट्ला सहमति? मंगलबार, जेठ ८, २०८१ सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु बैठकमा नमिलेको विषयमा सहमति जुटाउन प्रयास हुनेछ। यसअघि गत आइतबार बसेको कार्यदलको बैठकले कार्यादेशमा सहमति जुटाउन सकेको थिएन।

महाधिवेशन प्रतिनिधि चयन गर्न जसपा नेपालले बनायो निर्वाचन समिति मंगलबार, जेठ ८, २०८१ जनता समाजवादी पार्टी नेपालले जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका प्रतिनिधि निर्वाचन गर्न सातै प्रदेश प्रदेशमा निर्वाचन तदर्थ समिति गठन गरेको छ। केन्द्रीय निर्वाचन तदर्थ समितिले प्रत्येक प्रदेशमा ३ सदस्यीय समिति हुने गरी प्रदेश निर्वाचन तदर्थ समिति गठन गरेको छ।
-1716093385.jpg)
सहकारीको रकम अपचलन: संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै मंगलबार, जेठ ८, २०८१ गत शनिबार बसेको शीर्ष नेताहरूको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन ४ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलको संयोजकमा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन्। सदस्यहरूमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन्।
-1716185490.jpg)
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, अवरोध गर्ने अडानमा कांग्रेस मंगलबार, जेठ ८, २०८१ संघीय संसद्अन्तर्गत दुबै सदनको बैठक मंगलबार बस्दैछन्। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न...

गगनमाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ: नेतृ झाँक्री सोमबार, जेठ ७, २०८१ आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री थापाले देशको गोप्य सूचना विदेशीलाई बेचेको र कृषि अनुदान लिएर हिनामिना गरेको आरोप लगाएपछि झाँकीको यस्तो टिप्पणी आएको हो।

यी हुन् प्रधानमन्त्रीले विश्वासको मत लिँदा गयल हुने सत्ता पक्षका सांसद सोमबार, जेठ ७, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा सत्ता पक्षका तीन सांसद अनुपस्थित देखिएका छन्।मतदान प्रक्रियामा १५८ सांसदले भाग लिएकोमा विश्वासको मतको पक्षमा १५७ मत पाएका थिए भने विपक्षमा शून्य र तटस्थमा एक मत परेको थियो।

उपेन्द्र यादवको रिट हेर्न भ्याइएन सोमबार, जेठ ७, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याउने हुँदै स्थगित भएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सोमबार पेसी तोकिएको थियो। ढुंगानाको एकल इजलासले ८ वटा मुद्दामा सुनुवाइ गर्दै आदेश गरेको थियो भने यादवको मुद्दा १२ औ नम्बरमा पेसी रहेको थियो।

कांग्रेसले प्रचण्डलाई सम्झायो- 'जङ्गलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभयो?' सोमबार, जेठ ७, २०८१ नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जङ्गलबाट राजनीतिक दलमा स्थापित गरेको स्मरण गराएको छ।कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले संसद्मा कांग्रेसलाई चुनौती दिदै मूल्य चर्को पर्ने चेतावनीलाई जवाफ दिँदै कांग्रेसले नै माओवादीलाई देशको राजनीतिमा स्थापित गराएको बिर्सेको टिप्पणी गरे।

रवि लामिछाने भन्छन्– छानबिन समितिमा आपत्ति छैन, रास्वपा बिनानै टीओआर बनाए हुन्छ सोमबार, जेठ ७, २०८१ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार संसद्मा गरेको सम्बोधनबारे टिकाटिप्पणी हुन थालेपछि त्यसको खण्डन गरेका छन्।सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै लामिछानेले आफूले कसैलाई पनि आरोप नलगाएको भन्दै आफ्नो बचाउ गरेका छन्। उनीमाथि सहकारी ठगीको आरोप रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ।