गृहमन्त्री लामिछानेविरुद्ध कांग्रेस सडकमा जाने, शुक्रबार काठमाडौंमा विरोधसभा बुधबार, जेठ ९, २०८१
-1716367995.jpg)
जलवायु परिवर्तनको असरबारे नेपाललाई न्याय दिलाउन प्रधानमन्त्रीको आव्ह्वान बुधबार, जेठ ९, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको नकारात्मक असरमा न्याय पाउनुपर्ने बताएका छन्। पर्वतहरूमा जलवायु परिवर्तनले ल्याउने साझा चुनौतीहरू समाधान गर्न सहकार्य र एकता जुटाउन प्रयास गर्नुपर्ने पनि प्रधानमन्त्री दाहालले चर्चा गरे। बुधबार काठमाडौंको चन्द्रागिरीमा आयोजित ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले...

सानेपामा कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बुधबार, जेठ ९, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आह्वान गरेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको छ। केहीबेरअघि पार्टी मुख्यालय सानेपामा संयुक्त बैठक सुरु भएको हो। आजको बैठकमा वर्तमान राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेकाे छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले संसद्मा निरन्तर अवरोध गर्दै आइरहेको...

जसपा नेपालले तोक्यो केन्द्रीय समितिको निर्वाचन मिति बुधबार, जेठ ९, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको निर्वाचन मिति तय गरेको छ। जसपा नेपालले आगामी जेठ ३० गते निर्वाचन गर्न लागेको हो।

दुई संसदीय समितिको बैठक आज बुधबार, जेठ ९, २०८१ दिउँसो साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आन्तरिक काम कारबाहीलगायत विषयमा छलफल हुने कार्यसूचीमा जनाइएको छ।
-1716205509.jpg)
कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै बुधबार, जेठ ९, २०८१ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बुधबार बस्दैछ।बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सिरोहियालाई ‘कृपापूर्वक’ रिहा नगर, रविलाई ‘मुद्दा चलाउनु नपर्ने’ भनेर थन्क्याइएको फाइल खोलः विश्वप्रकाश बुधबार, जेठ ९, २०८१ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबैमाथि लागेका सबैखाले आरोप उपर निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।

कति छ रास्वपाका मन्त्रीहरूको सम्पत्ति? मंगलबार, जेठ ८, २०८१ नेपाली राजनीतिमा उदाएको केही वर्षमै प्रभावकारी स्थान बनाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूको प्रशस्त सम्पत्ति रहेको उनीहरूको विवरणमा छ। सरकारले मंगलबार प्रधानमन्त्रीसहित २३ मध्ये २१ मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दा मन्त्रिपरिषद् सदस्य रास्वपाका चार जनाको पनि विवरण प्रकाशित गरेको हो।

टीकापुर जग्गा घोटलाबारे आरजु– मैले ५० हजारमा किनेको हुँ, कागज हेरे हुन्छ मंगलबार, जेठ ८, २०८१ नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले कैलालीको टिकापुरमा आफूले पैसा तिरेरै जग्गा किनेको दाबी गरेकी छिन्। टीकापुर जग्गा घोटला प्रकरणमा उनको नाम आइरहेका उनले सो कुरा बताएकी हुन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राणाले टीकापुरको उक्त जमिन आफूले २०५३ सालमै ५० हजारमा किनेको दाबी गरेकी हुन्।

नीति तथा कार्यक्रममाथि शुक्रबारबाट छलफल हुने मंगलबार, जेठ ८, २०८१ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा यही जेठ ११ गते छलफल हुने तय भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१–८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न र प्रधानमन्त्रीबाट जवाफ दिनका लागि यही जेठ ११ गतेको दिन तोकेको जानकारी गराए।

राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता मंगलबार, जेठ ८, २०८१ संसद्बाट ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८०’ फिर्ता भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने उक्त विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत गरेका थिए। सो क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाइरहेको थियो। सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दलको विरोधलाई बेवास्ता गर्दै संसद्को कारबाही अघि बढाएका...
-1716187649.jpg)
कांग्रेसको होहल्लाबीच संसद्बाट धन्यवाद प्रस्ताव पारित मंगलबार, जेठ ८, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको अवरोधकाबीच संसद्बाट धन्यवाद प्रस्ताव पारित भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव टेबुल गर्न आग्रह गरेका थिए। कांग्रेसले विभिन्न नारासहित अवरोध गरिरहँदा पुष्पकमल दाहाल प्रचण्डले गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनमा पेस गरेको नीति...

उपसभापति र महामन्त्रीमाथि लगाइएको आरोप पुष्टि गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती मंगलबार, जेठ ८, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना सांसदहरुमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सहमहामन्त्री समेत रहेका सांंसद् बद्रीप्रसाद पाण्डेले त्यस्तो चुनौती दिएका हुन्। यसअघि आइतबार बसेको संसद् बैठकमा गृहमन्त्री लामिछानेले सम्बोधन गर्दै कांग्रेस उपसभापति र महामन्त्रीमाथि विभिन्न आरोप...