News Griha :: न्यूजगृह
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’ 
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’  प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ।केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सहकारीको रकम ठगीविरुद्ध संसद्देखि सडकसम्म आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरिसकेको छ।
रविलाई विश्वप्रकाशको चुनौती– कांग्रेसका नेता मात्र होइन नाताको पनि छानबिन गर्नुस्
रविलाई विश्वप्रकाशको चुनौती– कांग्रेसका नेता मात्र होइन नाताको पनि छानबिन गर्नुस् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्ना दलका कसैले गलत गरेको भएमा सबैमाथि छानबिन गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन्। बिहीबार पार्टी निकट नेपाल विद्यार्थी संघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै आफूहरु जुनसुकै विषयमा छानबिन गरे पनि तयार रहेको बताए।  
बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामाः  प्रधानमन्त्री प्रचण्ड 
बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामाः  प्रधानमन्त्री प्रचण्ड  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमअनुरूप आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताएका छन्।
छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक सुरु, होला सहमति?  
छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक सुरु, होला सहमति?   सहकारी ठगी प्रकरणको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न गठित कार्यदलको बैठक सुरु भएको छ। कानुन मन्त्रालयमा कार्यदलको बैठक सुरु भएको कार्यदलका सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले न्यूजगृहलाई जानकारी दिए। यसअघि आ–आफ्नै अडानका कारण निष्कर्ष निस्किन नसके पनि आजको बैठकले ठोस निष्कर्ष निकाल्ने तयारी रहेको उनले बताए। 
सरकार अधिनायकवादतर्फ उन्मुख भयो: शेखर कोइराला
सरकार अधिनायकवादतर्फ उन्मुख भयो: शेखर कोइराला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद डा.शेखर कोइरालाले सरकार अधिनायवादतर्फउन्मुख रहेको टिप्पणी गरेका छन्।नेता कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सैह्य नहुने चेतावनी दिँदै कांग्रेसले यो विषयमा सदन र सडक दुवैतर्फ दबाब बढाउने बताए। 
गण्डकीमा कांग्रेसले भन्यो– मुद्दाको अन्तिम किनारा नलागेसम्म प्रदेश सभामा जाँदैनौँ
गण्डकीमा कांग्रेसले भन्यो– मुद्दाको अन्तिम किनारा नलागेसम्म प्रदेश सभामा जाँदैनौँ गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटका अन्तिम सुनुवाइ नभएसम्म नेपाली कांग्रेस प्रदेश सभा बैठकमा उपस्थित नहुने भएको छ। गत बैशाख २३ गते गण्डकीका मुख्यमन्त्री खगराज अघिकारीले प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। सो क्रममा सभामुख कृष्ण धितालले ३० मत मुख्यमन्त्रीको पक्षमा देखिए पनि बहुमत पुगेको घोषणा गरेका थिए। बहुमतका लागि...
कांग्रेस नेता लेखक पार्टीको कार्यसम्पादन समिति सदस्यमा मनोनीत
कांग्रेस नेता लेखक पार्टीको कार्यसम्पादन समिति सदस्यमा मनोनीत सभापति देउवाले अहिलेसम्म कार्यसम्पादन समितिलाई पूर्णता दिएका छैनन्। यसअघि ३७ जना सदस्य रहेको कार्यसम्पादन समितिमा देउवाले बिहीबार लेखकलाई थपेका हुन्। देउवाका विश्वासपात्र रहेका लेखक पछिल्लो समय संसदीय दलको प्रमुख सचेतक भएपछि थप सक्रिय देखिन्छन्।
सहकारी ठगी छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै
सहकारी ठगी छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न कार्यदलको बैठक आज बस्दैछ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उनको नाम उल्लेख गरेर...
गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग
गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग राप्रपाले भनेको छ, ‘नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानबिन सुरु भएको छ, त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा छ। कानुन सर्वसाधारण र मन्त्रीलाई समान रुपमा लागू हुनुपर्दछ।’
सदनसँगै सडक सङ्घर्षमा उत्रियो कांग्रेस, १३ गते सरकारविरुद्ध प्रदर्शन गर्ने
सदनसँगै सडक सङ्घर्षमा उत्रियो कांग्रेस, १३ गते सरकारविरुद्ध प्रदर्शन गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध आइतबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।संसदीय दल र केन्द्रीय कार्यसमितिको बुधबार बसेको संयुक्त बैठकले जेठ १३ गते भृकुटीमण्डपमा प्रदर्शन गर्ने निर्णय गरेको हो। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘प्रदेश र जिल्लाले पनि आफ्नो कार्यक्रम गर्दै जानेछ।’
कर्णालीका नवनियुक्त मन्त्री शाहले लिए शपथ 
कर्णालीका नवनियुक्त मन्त्री शाहले लिए शपथ  कर्णाली प्रदेशका नवनियुक्त मन्त्री विनोदकुमार शाहले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री यमलाल कँडेलले उनलाई भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएका हुन्।बुधबार नै मन्त्री नियुक्त भएका उनले प्रदेश प्रमुख तिलक परियारसमक्ष शपथग्रहण गरेका हुन्। 
प्रधानमन्त्रीलाई सम्पादकहरुको संयुक्त पत्र– गृहमन्त्रीले आफूमाथिको अनुसन्धान रोकेका छन्  
प्रधानमन्त्रीलाई सम्पादकहरुको संयुक्त पत्र– गृहमन्त्रीले आफूमाथिको अनुसन्धान रोकेका छन्   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ परेको विषयलाई लिएर विभिन्न संचारमाध्यमका सम्पादकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त पत्र पठाएका छन्। सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी सिरोहियालाई पक्राउ गरिएको घटनाले प्रेसमाथि दबाब र त्रास सिर्जना गरेको सम्पादकहरुले पठाएको पत्रमा उल्लेख छ। नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका सम्पादकहरू प्रेस...
Weather Update