कर्णालीका नवनियुक्त मन्त्री शाहले लिए शपथ
-1716372891.jpg)
काठमाडौं—कर्णाली प्रदेशका नवनियुक्त मन्त्री विनोदकुमार शाहले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
मुख्यमन्त्री यामलाल कँडेलले उनलाई भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएका हुन्।
बुधबार नै मन्त्री नियुक्त भएका उनले प्रदेश प्रमुख तिलक परियारसमक्ष शपथग्रहण गरेका हुन्।
शाहलाई यसअघि वैशाख १८ गते नै मुख्यमन्त्री कँडेलले मन्त्री नियुक्त गरेका थिए। तर उनले आफूलाई सामान्य मन्त्रालय दिइएको भन्दै शपथ ग्रहण बहिष्कार गरेका थिए।
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१ १६:००