News Griha :: न्यूजगृह
सदनसँगै सडक सङ्घर्षमा उत्रियो कांग्रेस, १३ गते सरकारविरुद्ध प्रदर्शन गर्ने

काठमाडौं— प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध आइतबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।

संसदीय दल र केन्द्रीय कार्यसमितिको बुधबार बसेको संयुक्त बैठकले जेठ १३ गते भृकुटीमण्डपमा प्रदर्शन गर्ने निर्णय गरेको हो। 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘प्रदेश र जिल्लाले पनि आफ्नो कार्यक्रम गर्दै जानेछ।’

सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्ने मागमा सरकार गम्भीर भएको कांग्रेसको ठहर छ।

कानुनी राज्यका मर्यादा विपरीत सरकार चलेको र कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरेर सरकारले मिडियालाई त्रासमा राख्न खोजेको हुनसक्ने कांग्रेसको ठहर छ।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १९:३३
Weather Update