
काठमाडौं— सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले संसद्को गतिरोध अन्त्यका लागि पहलकदमी लिने निर्णय गरेको छ।
बिहीबार बसेको पार्टीको सचिवालय बैठकले संसद्मा जारी गतिरोध अन्त्यका लािग पहलकदमी लिने निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
उनका अनुसार संसद्मा विपक्षीले उठाइरहेका सवालका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, सत्ता साझेदार दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत सरोकारवालासँग छलफल गर्ने निर्णय भएको हो।
त्यसैगरी पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा पेस हुने पार्टीको दस्तावेज आगामी जेठ १५ गते सबै जिल्लामा पठाउने निर्णय समेत आजको बैठकले गरेको छ।
नेकपा एसको १०औँ महाधिवेशन आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुँदैछ।
यसैबीच महाधिवेशन तयारी समिति सचिवालयको पहिलो बैठक पनि आज नै बसेको छ।