News Griha :: न्यूजगृह
सरकार अधिनायकवादतर्फ उन्मुख भयो: शेखर कोइराला

विराटनगर— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद डा.शेखर कोइरालाले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन्।

नेता कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सैह्य नहुने चेतावनी दिँदै कांग्रेसले यो विषयमा सदन र सडक दुवैतर्फ दबाब बढाउने बताए। 

नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवसको अवसरमा प्रेस युनियन कोशी प्रदेशले बिहीबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेता कोइरालाले गृहमन्त्री रवि लामिछानेका दुईवटा राहदानी र नागरिकताका विषयमा पनि छानबिन हुनुपर्ने माग अघि सारेका छन्। उनले सहकारी ठगी प्रकरणमात्रै नभएर पासपोर्ट र नागरिकताका विषयमा पनि गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गरेका हुन्।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, युनियनका कोशी प्रदेश अध्यक्ष मिनकुमार नवोदित लगायतले सम्बोधन गरेका थिए। 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १३:०३
Weather Update