News Griha :: न्यूजगृह
उपसभापति र महामन्त्रीमाथि लगाइएको आरोप पुष्टि गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती 
फाइल तस्बिर

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना नेताहरुमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ। 

आज बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सहमहामन्त्री समेत रहेका सांंसद बद्रीप्रसाद पाण्डेले त्यस्तो चुनौती दिएका हुन्। 

यसअघि आइतबार बसेको संसद् बैठकमा गृहमन्त्री लामिछानेले सम्बोधन गर्दै कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापामाथि विभिन्न आरोप लगाएका थिए। 

आजको बैठकमा बोल्दै सांसद पाण्डेले ती आरोप पुष्टि गर्न नभए आफू कारबाहीको भागीदार बन्न चेतावनी दिएका हुन्। 

त्यस्तै विभिन्न माग राखेर यसअघिका बैठकमा जस्तै कांग्रेसले आजको बैठकमा पनि अवरोध कायम राखेको छ। 

कांग्रेसको अवरोधकाबीच पनि गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको धन्यवाद प्रस्ताव टेबल भएको छ। 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १३:०४
Weather Update