News Griha :: न्यूजगृह
कांग्रेसको होहल्लाबीच संसद्बाट धन्यवाद प्रस्ताव पारित 
फाइल तस्बिर

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको अवरोधकाबीच संसद्बाट धन्यवाद प्रस्ताव पारित भएको छ। 

आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव टेबुल गर्न आग्रह गरेका थिए। 

कांग्रेसले विभिन्न नारासहित अवरोध गरिरहँदा पुष्पकमल दाहाल प्रचण्डले गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनमा पेस गरेको नीति तथा कार्यक्रमबारे धन्यवाद प्रस्ताव पेस गरेका थिए। 

सोही दिन नै राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि धन्यवाद प्रस्ताव पारित गर्न बैठक बोलाइएको थियो। तर कांग्रेसको अवरोधकाबीच सो दिन र अन्य दिनका बैठकमा धन्यवाद प्रस्ताव टेबुल हुन सकेको थिएन। 

आजको बैठकमा कांग्रेसको अवरोधकाबीच सभामुखले सुरक्षाको प्रबन्ध गर्दै प्रधानमन्त्रीलाई सो प्रस्ताव टेबुल गर्न समय दिएका हुन्।  

अहिले कांग्रेसले अवरोध जारी राखेको छ। तर संसद्को कामकारबाही भने अघि बढिरहेको छ। 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १३:१४
Weather Update