News Griha :: न्यूजगृह
टीकापुर जग्गा घोटलाबारे आरजु– मैले ५० हजारमा किनेको हुँ, कागज हेरे हुन्छ 
फाइल तस्बिर

काठमाडौं— नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले कैलालीको टिकापुरमा आफूले पैसा तिरेरै जग्गा किनेको दाबी गरेकी छिन्। 

टीकापुर जग्गा घोटला प्रकरणमा उनको नाम आइरहेका उनले सो कुरा बताएकी हुन्। 

मंगलबार बसेको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राणाले टीकापुरको उक्त जमिन आफूले २०५३ सालमै ५० हजारमा किनेको दाबी गरेकी हुन्। 

आफूले ०५३ सालमा किने पनि घोटला भने २०६८ सालमा मात्रै भएको कारण आफू त्यसमा नमुछिएको दाबी गरेकी हुन्।  

‘टीकापुरको जमिन तपाईंहरु आफैँ हेर्न जानुस्। मैले ५० हजारमा किन्या हो। त्यसको सबै रिपोर्ट पनि गरिसक्या छ। मैले किनेको २०५३ सालमा हो। त्यो घोटला भएको चाँही २०६८ कि अलि पछि हो,’ उनले भनिन्।   

कैलालीको टीकापुरस्थित ३० बिघा जग्गा घोटला भएको प्रकरणमा उनको नाम समेत मुछिएको छ। गत आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सो जग्गा प्रकरणमा मुछिएकाहरुको फाइल खोल्ने तयारी गरेको बताएका थिए। 
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १४:४१
Weather Update