News Griha :: न्यूजगृह
गगनमाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ: नेतृ झाँक्री

काठमाडौं— नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको आरोप प्रमाणको भार आरोप लगाउनेले नै पूरा गर्नुपर्ने बताएकी छन्। 

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री थापाले देशको गोप्य सूचना विदेशीलाई बेचेको र कृषि अनुदान लिएर हिनामिना गरेको आरोप लगाएपछि झाँकीको यस्तो टिप्पणी आएको हो। 

झाँक्रीले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीतिक आइकन हो। आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो। गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ। हेक्का रहोस्।’

 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  २०:२०
Weather Update