News Griha :: न्यूजगृह
संसद् बैठकमा आज पनि कांग्रेसको अवरोध 
फाइल तस्बिर

काठमाडौं— यसअघि निरन्तर प्रतिनिधि सभा बैठकमा अवरोध खडा गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि विरोध कायमै राखेको छ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको र संसदीय छानबिन समिति मार्फत छानबिन गर्न कांग्रेसले माग राख्दै आइरहेको थियो । 

यसअघिको बैठकमा निरन्तर कांग्रेसको अवरोध कायम भएपछि संसदीय छानबिन समिति बनाउन सरकार तयार भएपनि त्यसको क्षेत्राधिकारका विषयमा अझैसम्म टुंगिएको छैन। 

त्यसो त संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न बनेको कार्यदलको बैठक पटकपटक बसे पनि सहमति जुट्न सकेको छैन। आज बसेको कार्यदलको बैठकले पनि ठोस निर्णय गर्न नसकेपछि संसद्मा कांग्रेसले अवरोध कायमै राखेको हो। 

अहिले कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले विभिन्न विषयमा सरकारलाई ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १२:५२
Weather Update