News Griha :: न्यूजगृह
कांग्रेसले प्रचण्डलाई सम्झायो- 'जङ्गलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभयो?'

काठमाडौं— नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जङ्गलबाट राजनीतिक दलमा स्थापित गरेको स्मरण गराएको छ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले संसद्मा कांग्रेसलाई चुनौती दिदै मूल्य चर्को पर्ने चेतावनीलाई जवाफ दिँदै कांग्रेसले नै माओवादीलाई देशको राजनीतिमा स्थापित गराएको बिर्सेको टिप्पणी गरे।

लेखकले संसद्मा भएको गतिविधि संसदीय मूल्य र मान्यता विपरित भएको बताउँदै आफूहरू यसको विरुद्ध लड्ने बताए।

उनले कांग्रेसलाई कुनै किसिमको चेतावनी दिन बन्द गर्न सुझाव दिँदै लेखकले कांग्रेस कसैसँग डराउने पार्टी नभएको बताए।


 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १८:४६
Weather Update