संसद्मा विपक्षीको बेवास्ता, जबरजस्ती विश्वासको मत लिने प्रक्रिया अघि बढाइयो
-1716187649.jpg)
काठमाडौं— संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षीको होहल्लाकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्।
आज बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेससहित विपक्षी दलहरुले होहल्ला गरिरहे पनि विश्वासको मत लिने प्रक्रिया अघि बढिरहेको छ।
होहल्लाकाबीच प्रधानमन्त्रीले विश्वासको मत मागेका छन्। संसद्मा अवरोध कायम रहँदा सभामुख देवराज घिमिरेले मर्यादापालकको सहयोगमा प्रधानमन्त्रीलाई रोस्टमसम्म पुर्याउन निर्देश गरेका थिए। प्रधानमन्त्री प्रचण्डले आफूलार्ई विश्वासको मत दिनका लागि आग्रह गरेका थिए।
अहिले एमालेका तर्फबाट विष्णुप्रसाद पौडेलले सम्बोधन गरेका छन्। उनले प्रजातान्त्रिक दल कांग्रेसले कस्तो अभ्यास गरेको हो भन्दै प्रश्न गरेका छन्।
अहिले कांग्रेसको विरोध र विश्वासको मत लिने प्रक्रिया सँगसँगै अघि बढिरहेको छ।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ १२:३२