News Griha :: न्यूजगृह
कांग्रेसले बोलायो विपक्षी दलको बैठक
फाइल तस्बिर

काठमाडौं— संसद्मा निरन्तर विरोधकाबीच प्रधानमन्त्रीले विश्वासको मत लिएपछि कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ। 

आज बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेससहित विपक्षी दलहरुको विरोधकाबीच प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन्। 

आजको बैठकको समीक्षा र आगामी बैठकको रणनीति बनाउनका लागि विपक्षी दलको बैठक बोलाइएको कांग्रेस सांसद रामहरी खतिवडाले जानकारी दिए। विपक्षी दलको बैठकपछि संसदीय दलको बैठक बस्ने उनले बताए। 

संसद् बैठकअघि कांग्रेसले विपक्षी दलहरुसँग छलफल गरेको थियो। त्यसअघि कांग्रेसले संसदीय दलको बैठकमा संसद्मा प्रस्तुत हुने विषयमा रणनीति बनाएको थियो। 

विपक्षी दलको बैठक र संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पत्रकार सम्मेलन गर्र्ने बताइएको छ। 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १३:३१
Weather Update