News Griha :: न्यूजगृह
संसद्मा अवरोधकाबीच प्रधानमन्त्रीले पाए विश्वासको मत 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत प्राप्त गरेका छन्। 

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरेका हुन्। 
 
आजको बैठकको मतदान प्रक्रियामा १५८ जना सहभागि रहेका थिए। 

जसमध्ये प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको छ भने मत दिन्न भन्ने पक्षमा एक मत मात्रै परेको हो। संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा बहुमत रहेको सभामुखले घोषणा गरेका हुन्। 

योसँगै चौथोपटक विश्वासको मत प्राप्त गरेका हुन्। जनता समाजावी पार्टी नेपालले गत वैशाख ३१ गते सरकारलाई दिएको समर्र्थन फिर्ता लिएसँगै उनले विश्वासको मत लिनुपरेको थियो। 

त्यसो त आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेको थियो। पूर्ववर्तीमा मागलाई अघि सार्दै कांग्रेसले विरोध जनाए पनि विश्वासको मतको प्रक्रिया अघि बढाइएको हो। 

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि प्रतिनिधि सभा बैठक आजका लागि स्थगित गरिएको छ। अर्को बैठक जेठ ८ गते मंगलबार बिहान ११ बजे बस्नेछ। 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १३:१२
Weather Update