News Griha :: न्यूजगृह
संसद्मा कांग्रेसको अवरोध, १५ मिनेटका लागि बैठक स्थगित 

काठमाडौं— आज बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ। 

यसअघि निरन्तर संसद्मा अवरोध गरिरहेको कांग्रेसले आज पनि निरन्तरता दिएको हो। 

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समितिको माग कांग्रेसले गरिरहेको छ। 

शनिबार सत्ता र प्रतिपक्षी दलहरुबीच संसदीय छानबिन समिति बनाउने सहमति भए पनि त्यसको क्षेत्राधिकार टुंगिन सकेको छैन।

सभामुखले आज बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सहकार्य गरेर अघि बढ्न आग्रह गरेका थिए। तर कांग्रेसले आजको बैठकमा पनि अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। 

आज प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको हो। तर प्रमुख प्रतिपक्षी दल कांग्रेससहित अन्य विपक्षीहरुको विरोधका कारण बैठक प्रभावित बनेको हो। 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ११:४७
Weather Update