News Griha :: न्यूजगृह
कांग्रेसको होहल्लाबीच संसद्मा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्ड 

काठमाडौं— संसद्मा कांग्रेससहित विपक्षी दलहरुको अवरोध कायम रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन्। 

आज बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेसले होहल्ला गरिरहेको छ। तर प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागिरहेका छन्। 

यसअघि आजै बसेको बैठकमा कांग्रेसले अवरोध गरेको थियो। कांग्रेसको अवरोधपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो। बैठक सुरु हुने बित्तिकै कांग्रेसहित विपक्षी दलहरुले विरोध जनाइरहे पनि सभामुखले मर्यादापालकलाई प्रधानमन्त्रीलाई रोस्टममा जान सहजीकरण गर्न आग्रह गरेका थिए।  

अहिले विपक्षीको विरोध र प्रधानमन्त्रीको सम्बोधन भइरहेको छ। 
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:२१
Weather Update