पदाधिकारी बैठकमा देउवाको नयाँ प्रस्ताव— केन्द्रीय समिति बैठक लाइभ गरौं सोमबार, साउन १, २०८०

नेपालले भारत ‘ए’ लाई दियो १६८ रनको लक्ष्य सोमबार, साउन १, २०८० एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारत ‘ए’ लाई १६८ रनको लक्ष्य दिएको छ ।
सामान्य प्रशासनमन्त्री मोदी र काठमाडौंका मेयर साहबीच भेटवार्ता सोमबार, साउन १, २०८० संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच सोमबार भेटवार्ता भएको छ ।

राजेन्द्र लिङ्देन भन्छन्— जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव छ सोमबार, साउन १, २०८० लिङ्देनले शान्तिपूर्ण बाटोबाट नेपालमा हिन्दुराष्ट्र पुनः स्थापना आफूले चाहेको बताए । उनले विगतमा भावावेश र विदेशीको दबाबमा आएर हिन्दु राष्ट्र हटाइए पनि अब सच्चिन राजनीतिक दलहरूलाई आग्रह गरे । राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने भएकाले जनताले राप्रपाको मुद्दामा समर्थन गरिरहेको बताए ।

ललिता निवास प्रकरणमा पक्राउ परेकाको निवेदनमा सुनुवाइ सकिएन, मङ्गलबारका लागि हेर्दाहेर्दैमा सोमबार, साउन १, २०८० सचिव कृष्णबहादुर राउत, व्यापारी मीनबहादुर गुरुङसहित ४ जनाले सर्वोच्च अदालतमा दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट मङ्गलबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

भारत 'ए' विरुद्ध रोहितको अर्धशतक सोमबार, साउन १, २०८० सुरुमा धर्मराएको नेपाललाई सम्हाल्दै रोहितले अर्धशतकीय पारी खेलेका हुन्। चौथो क्रममा आएका रोहितले नेपालको स्कोर उकास्ने क्रममा ६४ बलको सामना गर्दै अर्धशतक पूरा गरेका हुन्। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ३७ रनको अवस्थामा ५ विकेट गुमाइसकेको थियो ।

नेप्से उच्च अङ्कले बढ्यो, परिसूचक २१ सय ४४ अंकको विन्दुमा उक्लियो सोमबार, साउन १, २०८० जानकारहरूका अनुसार बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउनु तथा नयाँ आर्थिक वर्षको प्रभावस्वरूप बजारमा सकारात्मक प्रभाव पर्न गएका हो । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १४ करोड ८६ लाख १९ हजार चार सय ५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

काठमाडौंमा प्रमुख दश अपराधमा बैंकिङ कसुर पहिलो सोमबार, साउन १, २०८० जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७९/८० मा अपराधका घटना बढेको जानकारी दिएको हो । अघिल्लो वर्ष दर्ता भएका मुद्दा ८ हजार ९७७ रहेकोमा गत आर्थिक वर्ष १३ हजार ४६४ मुद्दा दर्ता भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

परराष्ट्र मन्त्री साउद र भारतीय समकक्षी जयशंकरबीच बैङ्ककमा छलफल सोमबार, साउन १, २०८० थाइल्यान्डको राजधानी बैङ्ककमा भएको बिमस्टेक राष्ट्रका परराष्ट्र मन्त्रीको रिट्रिटका क्रममा दुई देशका परराष्ट्रमन्त्रीबीच साइडलाइन वार्ता भएको भारतीय विदेश मन्त्री जयशंकरले ट्वीटरमा जानकारी दिएका हुन्।

सप्तकोशी किनारमा कुटाकुट प्रकरण : एक युवती पक्राउ, ४ जना फरार सोमबार, साउन १, २०८० कुटपिटमा संलग्न रहेको आरोपमा एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । कुटपिटमा संलग्न अन्य ४ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
![सत्ताका लागि परराष्ट्र नीति मै सन्तुलन गुमाउने काममा सरकार संलग्न भयोः प्रदीप ज्ञवाली [भिडिओ]](https://newsgriha.com/uploads/posts/Pradip Pradeep Gyawali UML 21680868460.jpg)
सत्ताका लागि परराष्ट्र नीति मै सन्तुलन गुमाउने काममा सरकार संलग्न भयोः प्रदीप ज्ञवाली [भिडिओ] सोमबार, साउन १, २०८० प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न भारत भ्रमणबारे संकेत गर्दै उनले पछिल्ला दिनमा सत्ता टिकाउन सरकार जस्तोसुकै जोखिम मोल्न तयार भएको उल्लेख गरे । त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अनुसन्धान केन्द्र (सीनास)ले सोमबार कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा उपमहासचिव ज्ञवालीले सत्ता टिकाउनका लागि असंलग्नताको परराष्ट्र नीतिमा विचलन ल्याउने काम नगर्न पनि सरकारलाई सचेत...
1689574151.jpg)
यसपटक साउनमा दुर्लभ संयोग : ८ वटा सोमबार, ४ प्रदोष व्रत जुर्यो सोमबार, साउन १, २०८० साउन महिनाको पहिलो सोमबार आज परे पनि यस पटक तिथिले साउनको सोमबार असार २५ गते नै परेको थियो । यसपटक साउन २ गतेदेखि अधिकमास परेकोले शुद्ध श्रावण कृष्ण पक्षमा असार २५ र साउन १ गते तथा शुद्ध श्रावण शुक्ल पक्षमा भदौ ४ र ११ गते सोमबार परेको छ । साउन...

एलओडी क्लबका दुई कर्मचारी पक्राउ सोमबार, साउन १, २०८० जिल्ला प्रहरी परिसर काठमाडौंले क्लबका म्यानेजर सहदेव सेढाईं र रिसेप्सनिस्ट सपना ढुङ्गानालाई असार २६ गते पक्राउ गरेको हो। पक्राउ परे पनि ढुङ्गानालाई जिम्मा जमानीमा छाडिएको छ। सेढाईं अहिले पनि प्रहरी हिरासतमै छन्।









