नेपाली कांग्रेस
पदाधिकारी बैठकमा देउवाको नयाँ प्रस्ताव— केन्द्रीय समिति बैठक लाइभ गरौं

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार आफ्नो निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केन्द्रीय समितिको बैठक लाइभ गर्ने नयाँ प्रस्ताव गरेका छन् ।
भोलि मंगलबार पार्टी मुख्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्न बसेको बैठकमा देउवाले लाइभको प्रस्ताव अघि सारेका हुन् ।
बैठकमा सहभागी सहमहामन्त्री फरमुल्लाह मन्सुरका अनुसार सभापतिले केन्द्रीय समितिको बैठक लाइभ गर्न प्रस्ताव गरेका छन् । सो प्रस्तावबारे भिन्नभिन्न विचार बैठकमा आएका छन् ।
बैठकमा समसामयिक, नीति महाधिवेशन, अनुशासनको विषयलगायतमा छलफल भएको उनको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, साउन १, २०८० १८:१०