News Griha :: न्यूजगृह
एलओडी क्लबका दुई कर्मचारी पक्राउ

काठमाडौं— नाबालिगलाई ठमेलको एलओडी क्लबमा प्रवेश गराएको आरोपमा प्रहरीले थप दुई कर्मचारीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले क्लबका म्यानेजर सहदेव सेढाईं र रिसेप्सनिस्ट सपना ढुङ्गानालाई असार २६ गते पक्राउ गरेको हो। पक्राउ परे पनि ढुङ्गानालाई जिम्मा जमानीमा छाडिएको छ। सेढाईं अहिले पनि प्रहरी हिरासतमै छन्।

यसअघि प्रहरीले एलओडीका सञ्चालकहरू रूदिलबल्लभ श्रेष्ठ र राजु सिंह सुवाललाई पक्राउ गरेको थियो। तर उनीहरू असार २८ गते छुटेका थिए। उनीहरूले जेठ ३० गते क्लबमा नाबालिगलाई प्रवेश गराएको आरोप छ। त्यसरी प्रवेश गराउँदा ती नाबालिगलाई ललितपुर पुर्‍याएर सुदन कोइरालाले बलात्कार गरेका थिए। 

कोइरालालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ। उनी अहिले पुर्पक्षका लागि थुनामा छन्।  

 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १४:५१
Weather Update