बन्दी प्रत्यक्षीकरणको रिट
ललिता निवास प्रकरणमा पक्राउ परेकाको निवेदनमा सुनुवाइ सकिएन, मङ्गलबारका लागि हेर्दाहेर्दैमा

काठमाडौं— ललिता निवास प्रकरणमा परेकाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सोमबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।
सचिव कृष्णबहादुर राउत, व्यापारी मीनबहादुर गुरुङसहित ४ जनाले सर्वोच्च अदालतमा दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको हो ।
राउत, गुरुङसहित पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले आफूहरूलाई गैरकानुनी थुनामा राखिएको बन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।
मङ्गलबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ हुनेछन् ।
प्रकाशित मिति: सोमबार, साउन १, २०८० १६:५५