News Griha :: न्यूजगृह
नेपालले भारत ‘ए’ लाई दियो १६८ रनको लक्ष्य

काठमाडौं— एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारत ‘ए’ लाई १६८ रनको लक्ष्य दिएको छ ।

कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको हो ।

कप्तान रोहित पौडेलले अर्धशतक बनाए भने गुल्सन झाले आक्रमक ब्याटिङ गरे ।  रोहितले सर्वाधिक ६५ रन बनाउदा गुल्सनले ३८ रन योगदान गरे ।  

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:४४
Weather Update