News Griha :: न्यूजगृह
निर्णायक सिड्नी टेस्ट रोमाञ्चक मोडमा

काठमाडौं— अस्ट्रेलिया र भारतबीच सिड्नी क्रिकेट मैदानमा चलिरहेको पाँचौं तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । टेस्टको दोस्रो दिन समाप्त हुँदा भारतले आफ्नो दोस्रो इनिङ्स सुरु गर्दै ६ विकेटको नोक्सानीमा १ सय ४१ रन बनाएको छ ।

भारत समग्रमा १ सय ४५ रनले अगाडि रहेको छ र टेस्टमा अझै पूरा तीन दिनको खेल बाँकी छ । रविन्द्र जडेजा ८ र वासिङ्टन सुन्दर ६ रन बनाएर खेलिरहेका छन् । भारतका लागि ऋषभ पन्तले सर्वाधिक ६१ रन बनाए ।

उनले ३३ बलको सामना गर्दै ६ चौका तथा ४ छक्का प्रहार गरे । यस्तै ओपनर यशस्वी जयसवालले २२ रन बनाए । अस्ट्रेलियाली बलरमध्ये स्कट बोलान्डले ४२ रनमा चार विकेट लिएका छन् ।

यसअघि अस्ट्रेलिया आफ्नो पहिलो इनिङ्समा १ सय ८१ रन बनाएर अलआउट भएको थियो । सुरुआती दुई इनिङ्सको समाप्तिमा भारत ४ रनले मात्र अगाडि रहेको थियो । अस्ट्रेलियाका लागि बेउ वेब्सटरले सर्वाधिक ५७ रन बनाए ।

पाँच टेस्टको सिरिजमा अस्ट्रेलिया २–१ ले अगाडि छ । भारतले बोर्डर गावस्कर ट्रफी आफ्नै पकडमा राख्ने हो भने यो टेस्ट जित्न आवश्यक छ । अस्ट्रेलियाको जित अथवा बराबरीको स्थितिमा ट्रफी घरेलु टिमको नाममा जानेछ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १४:०३
Weather Update