News Griha :: न्यूजगृह
एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत 'ए' विरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल
एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत 'ए' विरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा शुरु हुन लागेको खेल डे—नाइट चल्नेछ । समूह 'बी'मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो ।
भोलिदेखि मलमास शुरु हुँदै, मच्छेनारायण मेलाको सम्पूर्ण तयारी पुरा 
भोलिदेखि मलमास शुरु हुँदै, मच्छेनारायण मेलाको सम्पूर्ण तयारी पुरा  पुरुषोत्तम मास पनि भनिने अधिक मासलाई भगवान विष्णुले स्वयम् आधिपत्य स्वीकार गरेको किंवदन्ती छ । सूर्यले ग्रहण नगरेको मास अर्थात महिनालाई भगवान् पुरुषोत्तम स्वयम्‌ले आधिपत्य स्वीकार गरेकाले यो मासमा भगवान् नारायणको पूजा अर्चना गरिन्छ। अन्य पूजाहरू सामान्यतया चले पनि विवाह, व्रतबन्ध लगायतका शुभकार्यहरु भने गर्नुहुँदैन । मलमासमा पतिपत्नी विवाहको प्रथम...
प्रधानमन्त्री प्रचण्डको फोटो राखेर भारतीय आधार कार्ड बनाउने 'टाइगर' पक्राउ
प्रधानमन्त्री प्रचण्डको फोटो राखेर भारतीय आधार कार्ड बनाउने 'टाइगर' पक्राउ प्रधानमन्त्री पत्नी सीताको निधनसँग जोडेर प्रधानमन्त्रीको तस्बिरसहित असंवेदनशील कुरा लेखेको आरोपमा रूपन्देही प्रहरीको सहयोगमा साइबर ब्युरोले देवदह नगरपालिका— ८ का टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई बुटवलबाट आइतबार पक्राउ गरेको हो ।
रास्वपा उपसभापतिलाई धम्की दिने युवक पक्राउ 
रास्वपा उपसभापतिलाई धम्की दिने युवक पक्राउ  पूर्वमन्त्रीसमेत रहेका अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट ३० वर्षीय विजय कालिकोटेलाई पक्राउ गरेको हो ।
नेपाल एअरलाइन्सका दुबै न्यारोबडी जहाज ग्राउण्डेड
नेपाल एअरलाइन्सका दुबै न्यारोबडी जहाज ग्राउण्डेड नेपाल एअरलाइन्सका दुबै न्यारोबडी जहाज ग्राउण्डेड भएका छन् । यसमध्ये ९ एन–एकेडब्यू जहाज मर्मतपछि सोमबार साँझ नियमित उडानमा जाने नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 
घट्यो सार्वजनिक सवारीको भाडा, कहाँ पुग्न कति? [सूचीसहित]
घट्यो सार्वजनिक सवारीको भाडा, कहाँ पुग्न कति? [सूचीसहित]  सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ ।
वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपीडी सेवा
वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपीडी सेवा यसअघि बिहान ९ बजेदेखि ओपीडी सेवा सञ्चालन हुँदै आएको थियो । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपीडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएको जानकारी दिए । दुवै अस्पतालमा टिकटको समय बिहान ७ बजेदेखि अपरान्ह २ः३० बजेसम्म निर्धारण गरिएको उनले बताए ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर 
नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार पनि स्थिर नै रहेको छ ।
ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव राउतसहित ४ प्रतिवादीको मुद्दामा सुनुवाइ हुँदै  
ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव राउतसहित ४ प्रतिवादीको मुद्दामा सुनुवाइ हुँदै   ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतसहित चार जनाले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दाका लागि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
विपद्को पूर्वतयारीमा जुट्न मधेस सरकारको निर्देशन 
विपद्को पूर्वतयारीमा जुट्न मधेस सरकारको निर्देशन  मधेस प्रदेश सरकारले सुरक्षा निकाय सम्मिलित प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमार्फत विपद्का घटनाबाट हुनसक्ने धनजनको क्षतिलाई न्यूनीकरण गरी राहत, उद्धार कार्यको पूर्वतयारीमा जुट्न सबै सरकारी एवं गैरसरकारी निकायलाई निर्देशन दिएको हो । 
  मिटरब्याजबाट २४ हजार प्रभावित
  मिटरब्याजबाट २४ हजार प्रभावित गौरीबहादुर कार्की नेतृत्वको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले आइतबार प्रतिवेदन सार्वजनिक गर्दै पश्चिम नवलपरासीसहित मधेशका आठ जिल्लामा उक्त समस्या विकराल रहेको औँल्याएको हो ।
Weather Update