News Griha :: न्यूजगृह
ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव राउतसहित ४ प्रतिवादीको मुद्दामा सुनुवाइ हुँदै  

काठमाडौं— ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतसहित चार जनाले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दाका लागि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ हुन लागेको हो । प्रहरी प्रधान कार्यालयले दायर गरेको भ्याकेट पनि सोही इजलासमा सुनुवाइ हुनेछ । यसअघि आइतबार पनि ती मुद्दा सुनुवाइका लागि पेशी तोकिएको थियो । तर हेर्न नभ्याइएको भन्दै इजलासले प्रतिवादीलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

ललिता निवास प्रकरणमा केही प्रतिवादीले अग्रिम जमानत लिएका कारण प्रहरीले त्यसविरुद्ध भ्याकेट दर्ता गराएको हो । सचिव राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोतका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् ।

उनीहरु प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन्  । 

 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ११:१८
Weather Update