News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डको फोटो राखेर भारतीय आधार कार्ड बनाउने 'टाइगर' पक्राउ
तस्बिर : रानाको फेसबुकबाट ।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिरसहित गलत कुरा लेखेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरेको आरोपमा प्रहरीले एक युवालाई रूपन्देहीबाट पक्राउ गरेको छ ।

प्रधानमन्त्री पत्नी सीताको निधनसँग जोडेर प्रधानमन्त्रीको तस्बिरसहित असंवेदनशील कुरा लेखेको आरोपमा रूपन्देही प्रहरीको सहयोगमा साइबर ब्युरोले देवदह नगरपालिका— ८ का टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई बुटवलबाट आइतबार पक्राउ गरेको हो ।

रानाले प्रधानमन्त्रीको फोटोसँगै जोडेर भारतीय आधार कार्ड, आयकर कार्ड लगायत नक्कली विवरणसहितको तस्बिर बनाएर सामाजिक सञ्जालमा राखेका थिए ।

 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १३:५४
Weather Update