News Griha :: न्यूजगृह
रास्वपा उपसभापतिलाई धम्की दिने युवक पक्राउ 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई धम्की दिने एक युवक पक्राउ परेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले खोटाङ घर भएका ३० वर्षीय विजय कालिकोटेलाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।

उनले गत असार १९ गते मोबाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई धम्की दिएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १३:३८
Weather Update