News Griha :: न्यूजगृह
नेपाल एअरलाइन्सका दुबै न्यारोबडी जहाज ग्राउण्डेड
फाइल तस्बिर ।

काठमाडौं—  नेपाल एअरलाइन्सका दुबै न्यारोबडी जहाज ग्राउण्डेड भएका छन् ।

यसमध्ये ९ एन–एकेडब्यू जहाज मर्मतपछि सोमबार साँझ नियमित उडानमा जाने नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 

उनका अनुसार यो जहाजको दायाँ इन्जिनमा समस्या देखिएको थियो । निगमकै अर्को न्यारोबडी जहाज ९ एन–एकेएक्सको भने बायाँ इन्जिनमा समस्या देखिएको छ । जहाजको मर्मतका लागि प्रक्रिया अगाडि बढेको समेत निगमले जनाएको छ । 

प्रवक्ता पौडेलका अनुसार दुई जहाजमध्ये एउटामा काठमाडौं र अर्को जहाजमा दुबईमा चरा ठोक्किएको हो । त्यसपछिको परीक्षणमा इन्जिनमा समस्या देखिएको हो । अन्तर्राष्ट्रिय उडानमा निगमसँग ४ वटा जहाज छन् । 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १३:३३
Weather Update