News Griha :: न्यूजगृह
नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर 

काठमाडौं— सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार पनि स्थिर नै रहेको छ । यस्तै, आइतबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम थियो । सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको छ ।

यसैगरी, चाँदीको मूल्यसमेत स्थिर छ । सोमबार चाँदीको मूल्य तोलामा १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ११:३१
Weather Update