News Griha :: न्यूजगृह
  मिटरब्याजबाट २४ हजार प्रभावित
फाइल तस्बिर ।

काठमाडौं— सरकारले बनाएको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले २३ हजार ९ सय ५९ उजुरी आएको जनाएको छ ।

गौरीबहादुर कार्की नेतृत्वको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले आइतबार प्रतिवेदन सार्वजनिक गर्दै पश्चिम नवलपरासीसहित मधेशका आठ जिल्लामा उक्त समस्या विकराल रहेको औँल्याएको हो ।

मधेशका आठ जिल्लामा मात्र १८ हजार ३ सय ५६ ले निवेदन दिएको जनाउँदै कार्की आयोगले विवाह, तिलक, व्रतबन्ध, मरण आदि सामाजिक कार्यका साथै औषधोपचार, वैदेशिक रोजगारलगायतका खर्चका लागि आवश्यकता पर्ने रकमको जोहो गर्दा चर्को ब्याजसहित ऋण लिने गरेको पनि जनाइएको छ ।

देशका ६५ जिल्लामा यो समस्या रहेको औँल्याउँदै आयोगले वैशाख १७ देखि जेठ १४ सम्ममा सबैभन्दा धेरै बारामा ३ हजार ३ सय २२ निवेदन परेको उल्लेख छ । 

आयोगले जेठ १७ गते देखि असार मसान्तसम्ममा १८ सय ८२ निवेदन मेलमिलापबाट फछर्यौट भइसकेको जनाइएको छ । सरकारले चैत २० गते कार्की नेतृत्वमा आयोग गठन गरेको थियो ।  

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १०:४८
Weather Update