News Griha :: न्यूजगृह
राजेन्द्र लिङ्देन भन्छन्— जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव छ 
फाइल तस्बिर ।

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले हिन्दु राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय नभएको बताएका छन् ।

सनातन हिन्दु राष्ट्रको लागि पदयात्रा कार्यक्रममा सहभागी लिङ्देनले हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरूले उठाएको मुद्दा भएको जिकिर गरे । उनले राप्रपाले सनातन धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दु राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने थप कार्यक्रम गर्दै जाने बताए ।

लिङ्देनले भने, ‘हामीले उठाइरहेको हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरूले उठाएको मुद्दा हो । जसको मुद्दा हो उसैलाई बुझाउन नसकिएको, उसैले नबुझेको अवस्था हो । हामीले अन्य राजनीतिक दलसँग पनि कुरा गरिरहेका छौँ की विगतमा भावावेशमा आएर अथवा विदेशीको दबाब र प्रभावमा परेर गरेको निर्णय गलत छ, गलत बाटोले देशलाई कुनै निष्कर्षमा लैजान सक्दैनौँ ।’

लिङ्देनले शान्तिपूर्ण बाटोबाट नेपालमा हिन्दुराष्ट्र पुनः स्थापना आफूले चाहेको बताए । उनले विगतमा भावावेश र विदेशीको दबाबमा आएर हिन्दु राष्ट्र हटाइए पनि अब सच्चिन राजनीतिक दलहरूलाई आग्रह गरे । राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने भएकाले जनताले राप्रपाको मुद्दामा समर्थन गरिरहेको बताए ।   

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:०३
Weather Update