News Griha :: न्यूजगृह
सामान्य प्रशासनमन्त्री मोदी र काठमाडौंका मेयर साहबीच भेटवार्ता

काठमाडौं— संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच सोमबार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्री मोदीको कार्यकक्षमा भएको भेटका क्रममा मन्त्रालय र काठमाडौं महानगरबीचको सहकार्य र समन्वयका सन्दर्भमा कुराकानी भएको छ ।

मेयर साहले काठमाडौं महानगरका जग्गा प्राप्तिसम्बन्धी समस्या, फोहोरमैला व्यवस्थापनसम्बन्धी देखिएका समस्या र तर्जुमा भइरहेको कानुनका सन्दर्भमा चासो राखेका थिए ।

मन्त्री मोदीसँग मेयर साहले काठमाडौं महानगरभित्र संघीय सरकारमार्फत गर्नुपर्ने सहयोग र समन्वयका लागि आग्रह गरे ।

मन्त्री मोदीले आवश्यक छलफल गरेर समस्या समाधानको दिशामा अगाडि बढ्ने बताए ।

मन्त्री मोदीले फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुन निर्माणको क्रममा रहेकाले त्यसमाथि महानगरले आवश्यक सुझाव दिन पनि आग्रह गरे ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:३४
Weather Update