News Griha :: न्यूजगृह
सप्तकोशी किनारमा कुटाकुट प्रकरण : एक युवती पक्राउ, ४ जना फरार 

काठमाडौं— सप्तकोशी नदी किनारमा युवतीहरूबीच कुटाकुट भएको छ।

सुनसरीको बराहक्षेत्र नगरपालिका— १० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।

कुटपिटमा संलग्न रहेको आरोपमा एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । कुटपिटमा संलग्न अन्य ४ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईका अनुसार १९ वर्षीया प्रीति लिम्बूलाई आइतबार राति पक्राउ गरिएको हो। कुटपिट घटना गत असार २९ गतेको हो ।

प्रीतिसहित ५ जना युवतीको समूहले ३ जना युवतीमाथि कुटपिट गरेका थिए । १९ वर्षीया मनिषा राई, नाम नखुलेका १६ र १७ वर्षीया नाबालिगमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।

लिम्बूमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको छ  ।  

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १५:२९
Weather Update