News Griha :: न्यूजगृह
परराष्ट्र मन्त्री साउद र भारतीय समकक्षी जयशंकरबीच बैङ्ककमा छलफल 

काठमाडौं— परराष्ट्र मन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता भएको छ । 

थाइल्यान्डको राजधानी बैङ्ककमा भएको बिमस्टेक राष्ट्रका परराष्ट्र मन्त्रीको रिट्रिटका क्रममा दुई देशका परराष्ट्रमन्त्रीबीच साइडलाइन वार्ता भएको भारतीय विदेश मन्त्री जयशंकरले ट्वीटरमा जानकारी दिएका हुन्। 

ट्वीटरमा उनले लेखेका छन्, ‘नेपालका परराष्ट्र मन्त्रीसँग छलफल राम्रो भयो। हाम्रो नेतृत्वले तयार पारेका सहकार्यका एजेन्डालाई कार्यान्वयन गर्न मिलेर काम गर्न सहमत भयौं ।’ 

यसअघि गत वैशाखमा साउद र जयशंकरबीच बङ्गलादेशको राजधानी ढाकामा भेट भएको थियो।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १५:३६
Weather Update