अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट सोमबार, साउन २९, २०८०

तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा सोमबार, साउन २९, २०८० तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ ।

विमानस्थलबाट बरामद सुनको तौल ६० किलो ७८९ ग्राम मात्रै सोमबार, साउन २९, २०८० महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट छुट्याएपछिको सुन जोखिएको हो । सुनलाई गालेर जोख्न बाँकी रहेको उनको भनाइ थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रेक शुबाट सुन निकालिएको थियो ।

शिक्षा ऐनले सबैलाई समेट्नुपर्छ : देवेन्द्र पौडेल सोमबार, साउन २९, २०८० नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले सरकारले ल्याउन लागेको शिक्षा ऐनले सबैलाई समेट्नुपर्ने बताएका छन् ।

केन्द्रले माग्यो प्रधानाध्यापक सक्षमता प्रारूपसम्बन्धी सुझाव सोमबार, साउन २९, २०८० शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रधानाध्यापक सक्षमता प्रारूप २०८० लाई सुझावका लागि सार्वजनिक गरेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा बैंकका कर्मचारी पक्राउ सोमबार, साउन २९, २०८० नक्कली प्रमाणपत्रका आधारमा बैंकका कार्यरत रहेको सूचनाका आधारमा सिटिजन्स बैंकमा कार्यरत ६ जना कर्मचारी पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अझै केही दिन वर्षा जारी, यी स्थानमा भारी वर्षा हुने सोमबार, साउन २९, २०८० महाशाखाका मौसमविद् रोजन लामिछानेले सोमबार र मंगलबार बदलीका साथै वर्षा हुने जानकारी दिए । ‘आज र भोलि बदली र वर्षा हुनेछ, तर पनि गत शनिबार र आइतबारको तुलनामा भने कम वर्षा हुने अनुमान गरिएको छ,’ उनले भने, ‘आगामी बुधबार वर्षा बढी हुनेछ ।’

कांग्रेसको निष्कर्ष : एक क्विन्टल सुन विमानस्थलबाट बाहिरिनु चिन्ताको विषय सोमबार, साउन २९, २०८० सोमबार सम्पन्न भएको संसदीय दलको बैठकले विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भिर चिन्ताको विषय भएको निष्कर्ष निकालेको हो । कांग्रेसले सुन तस्करी कार्यमा संलग्न जोसुकै भए पनि छानबिनको दायराभित्र ल्याएर कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

सरकारले संसद अवरोध गरेको एमाले सचेतक बर्तौलाको दाबी सोमबार, साउन २९, २०८० नेकपा एमाले सचेतक महेश बर्ताैलाले संसदको अवरोध एमालेले नभई सरकारले गर्न खोजेको दाबी गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै सचेतक बर्तौलाले सरकार प्रतिपक्षीको मागमा अनुदार देखिएको आरोप लगाए ।

एक साताका लागि उपराष्ट्रपति चीन प्रस्थान सोमबार, साउन २९, २०८० चीनको कुनमिङ्गमा साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने सातौँ चीन दक्षिण एशिया प्रदर्शनी र २७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेलामा सहभागी हुन उनी सोमबार अपरान्ह चीन प्रस्थान गरेका हुन् ।

देश आतंककारी समूहले चलाएको जस्तो छ : सांसद शर्मा सोमबार, साउन २९, २०८० नेपाली कांग्रेसका सांसद सुनिल शर्माले देश आतंककारीहरूको समूहले चलाएको जस्तो महसुस भइरहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै सांसद शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको रबैया आतंककारी समूहको जस्तो भएको आरोप लगाए ।

एमालेको आरोप : सुन प्रकरणमा सरकारले प्रतिपक्षीको आवाज दबाउन खोज्यो सोमबार, साउन २९, २०८० प्रमुख प्रतिपक्षी नेकपा एमालेले एक क्विन्टल सुन प्रकरण छानबिनमा सरकारले प्रतिपक्षको आवाज दबाउन खोजेको आरोप लगाएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले प्रतिपक्षीको आवाजलाई दबाउन खोजेको आरोप लगाएका हुन् ।

बाबुछोरा बाढीमा बेपत्ता, छोराको शव भेटियो सोमबार, साउन २९, २०८० बाबुछोरा बेपत्ता हुँदा १२ वर्षीय छोरा पासाङको शव फेला परेको हो । ३५ वर्षीय निमदोर्जे अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक राजेस सिग्देलले जानकारी दिए ।









