नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा बैंकका कर्मचारी पक्राउ

काठमाडौं— प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र छानबिनमा डाक्टरपछि बैंकका कर्मचारीहरू पक्राउ गरेको छ ।
प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र छानबिन गर्न भन्दै सिटिजन्स बैंकका कर्मचारीलाई पक्राउ गरेको हो ।
नक्कली प्रमाणपत्रका आधारमा बैंकमा कार्यरत रहेको सूचनाका आधारमा सिटिजन्स बैंकमा कार्यरत ६ जना कर्मचारी पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १७:४९