News Griha :: न्यूजगृह
सरकारभन्दा सुशासन बढी महत्वपूर्ण हो : प्रधानमन्त्री
सरकारभन्दा सुशासन बढी महत्वपूर्ण हो : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि महत्वपूर्ण भएको बताएका छन् । सोमबार पार्टीको बागमती प्रदेश समितिको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारभन्दा सुशासन महत्वपूर्ण ठानेर काम गर्दा बेतिथि गर्नेहरू नछुटोस् भन्नेमा आफूहरू रहेको बताए ।
सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम दुई अर्ब बढी
सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम दुई अर्ब बढी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा न्यून अंकको गिरावट देखिएको छ । सोमबार कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अंकले घटेर दुई हजार ७७ दशमलव २४ अंक कायम भएको छ ।
संसद बैठकमै प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारी भनेपछि...
संसद बैठकमै प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारी भनेपछि... सांसद शर्माको प्रश्नमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाएका हुन्  । उनले भने, ‘एउटा माननीयले प्रधानमन्त्रीलाई आतंककारी कसरी भन्न मिल्छ ? कसरी सम्भव हुन्छ ? यो रेकर्डबाट हटाएर कारबाही गर्नुपर्छ ।’
एसिया कपका लागि नेपाली टोलीको घोषणा, यी खेलाडी परे टोलीमा
एसिया कपका लागि नेपाली टोलीको घोषणा, यी खेलाडी परे टोलीमा एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले १७ सदस्यीय टोली घोषणा गरेको हो । क्यान रोहित पौडेलको कप्तानीमा सोमबार टोली घोषणा गरेको हो ।
एमालेका सांसदले नाराबाजी गरेपछि संसद बैठक स्थगित
एमालेका सांसदले नाराबाजी गरेपछि संसद बैठक स्थगित सोमबार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा एमालेले एक क्विन्टल सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
सांसद सुनिल शर्माले मागे गृहमन्त्रीको राजीनामा
सांसद सुनिल शर्माले मागे गृहमन्त्रीको राजीनामा सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री नारायाणकाजी श्रेष्ठले राजीनामा दिनु पर्ने माग राखेका थिए । उनले गृहमन्त्रीले राजीनामा नदिए संसदमै अनसन बस्ने चेतावनी दिए ।
बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा चाइल्ड केयरका सञ्चालक पक्राउ
बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा चाइल्ड केयरका सञ्चालक पक्राउ प्रहरीका अनुसार उक्त चाइल्ड केयर सेन्टरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई बुढाले यौन दुर्व्यवहार गरेका थिए । बालिकाले आफूले भनेअनुसार नगर्दा कुटपिटसमेत गरेको प्रहरीले जनाएको छ । उनलाई अदालतबाट सात दिनको समय लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको आग्रह
नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको आग्रह यसैगरी, महाकाली नदीको जलसतह पनि खतरा आसपास रहेकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ  । कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र यसका सहायक नदीको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको छ । 
स्वास्थ्यमन्त्री र राष्ट्रसंघका आवासीय संयोजकबीच भेट
स्वास्थ्यमन्त्री र राष्ट्रसंघका आवासीय संयोजकबीच भेट भेटमा नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि ह्याम्डीले संयुक्त राष्ट्रसंघ र एजेन्सीहरूले गर्दै आएको सहयोग र सहकार्यलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री बस्नेतले सहयोग र सहकार्यका लागि हन्ना र संयुक्त राष्ट्र संघीय एजेन्सीहरूलाई धन्यवाद दिँदै भविष्यमा सहयोग तथा सहकार्य जारी रहने विश्वास व्यक्त गरेका छन् ।
जमिन भासिन थालेपछि खाली गराइँदै गाउँ, सुरक्षित स्थानको खोजीमा बासिन्दा
जमिन भासिन थालेपछि खाली गराइँदै गाउँ, सुरक्षित स्थानको खोजीमा बासिन्दा बस्तीमाथिको जमिन चिरा परेर बग्न थालेको स्थानीय एक विद्यालयका प्रधानाध्यापक रामचन्द्र सिटौलाले जानकारी दिए । भासिन थालेको स्थानभन्दा तलका घर खाली गर्न थालिएको छ । हालसम्म भासिन थालेको स्थानको सीधा मुनि रहेका करिब १५ घर खाली गराइसकिएको छ ।
असई चौधरी पक्राउ, कारागारका निमित्त प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी
असई चौधरी पक्राउ, कारागारका निमित्त प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी उनलाई पक्राउ गरी जिल्ला अदालत सङ्खुवासभाबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । उनका अनुसार कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा प्रमुख चौधरीलाई आइतबार पाँच दिन म्याद थप गरी अनुसन्धान सुरू भएको हो । 
तीन दिन बसेको कांग्रेस बैठकको निर्णय : संसद नियमित गर्न पहल गर्ने
तीन दिन बसेको कांग्रेस बैठकको निर्णय : संसद नियमित गर्न पहल गर्ने नेपाली कांग्रेसले अवरुद्ध संसद नियमित गर्न पहल गर्ने निर्णय गरेको छ । तीन दिन बसेको कांग्रेस संसदीय दलको बैठकले अवरुद्ध संसद सुचारु गर्न पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सत्तारुढ दलहरूसँगै प्रमुख प्रतिपक्षलगायत अन्य सबै दलसँग छलफल गरेर संसद खोल्न पहल गर्ने निर्णय भएको उनको...
Weather Update