News Griha :: न्यूजगृह
एसिया कपका लागि नेपाली टोलीको घोषणा, यी खेलाडी परे टोलीमा
फाइल तस्बिर

काठमाडौं— एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले १७ सदस्यीय टोली घोषणा गरेको हो । क्यानले रोहित पौडेलको कप्तानीमा सोमबार टोली घोषणा गरेको हो ।

टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, सन्दीप लामिछाने, करन केसी, ललित राजबंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुल्सन झा रहेका छन् ।

यसैगरी, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद र श्याम ढकाल पनि नेपाली टोलीमा रहेका छन् ।

आगामी अगष्ट २७ देखि सेप्टेम्बर ११ गतेसम्म पाकिस्तान र श्रीलंकामा प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिताको पहिलो चरणमा नेपालले पाकिस्तान र भारतसँग खेल्दै छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १५:४२
Weather Update