रवि लामिछानेले भने : संसद हाइज्याक भयो

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले संसद् ‘हाइज्याक’ भएको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकपछि उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा ‘पार्लामेन्ट इज हाइज्याक’ लेखेका हुन् । उनले सभामुख देवराज घिमिरेले बोल्नलाई समय नदिएपछि सदन हाइज्याक भएको बताएका हुन् ।
सोमबार संसद् सुरु भएसँगै कांग्रेस सांसद सुनिल शर्मा र एमालेका सांसद मानवीर राईले बोलेका थिए । उनीहरूले बोलेसँगै सभामुखले नियमित तालिकाअनुसार सदन चलाउन खोज्दा एमालेका सांसदहरू उठेर विरोध जनाएका थिए ।
एमालेका सांसदको विरोधपछि सभामुखले संसद एक साताका लागि स्थगित गरेका थिए ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १६:२३













