स्वास्थ्यमन्त्री र राष्ट्रसंघका आवासीय संयोजकबीच भेट

काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र संयुक्त राष्ट्र संघीय आवासीय संयोजक हन्ना सिंगर ह्यम्डीबीच भेटवार्ता भएको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयमा मन्त्री बस्नेत र संयुक्त राष्ट्र संघीय आवासीय संयोजक ह्याम्डीबीच भेटवाता भएको हो ।
भेटमा नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि ह्याम्डीले संयुक्त राष्ट्रसंघ र एजेन्सीहरूले गर्दै आएको सहयोग र सहकार्यलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन् ।
मन्त्री बस्नेतले सहयोग र सहकार्यका लागि हन्ना र संयुक्त राष्ट्र संघीय एजेन्सीहरूलाई धन्यवाद दिँदै भविष्यमा सहयोग तथा सहकार्य जारी रहने विश्वास व्यक्त गरेका छन् ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १४:५३