News Griha :: न्यूजगृह
सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम दुई अर्ब बढी

काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा न्यून अंकको गिरावट देखिएको छ । सोमबार कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अंकले घटेर दुई हजार ७७ दशमलव २४ अंक कायम भएको छ ।

सोमबार विभिन्न कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता शेयर दुई अर्ब नौ करोड १३ लाख ९० हजार ६३८ मा कारोबार भएका छन् ।

कारोबार भएकामध्ये बैंक, विकास बैंक, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्स र म्यूचुअल फण्डको उपसमूहमा हरियाली देखिएको छ ।

सोमबार ६८ वटा कम्पनीको शेयर मूल्य बढ्दा १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । साथै ११ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आज थ्री स्टार हाइड्रोपावर लिमिटेड कम्पनीको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै शेयर मूल्य घट्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड रहेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १६:०१
Weather Update