News Griha :: न्यूजगृह
नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको आग्रह
फाइल तस्बिर

काठमाडौं— अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

यसैगरी, महाकाली नदीको जलसतह पनि खतरा आसपास रहेकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ  । कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र यसका सहायक नदीको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको छ । 

सोमबार पाँचथर, इलाम, झापा, सङ्खुवासभा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, कास्की, लमजुङ, म्याग्दी, बाजुरा, सुर्खेत, दैलेख, अछामलगायत जिल्लासहित आसपास भएर बहने केही ससाना नदीको बहाव सामान्य रहने महाशाखाले पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १५:००
Weather Update