सुनको मूल्य बढ्यो, आज कति पुग्यो ? सोमबार, साउन २९, २०८०

ललिता निवासबारे बोल्दै माधव नेपालले भने : म भाग्ने मान्छे होइन् सोमबार, साउन २९, २०८० सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल स्वदेश फिर्ता भएका छन् । युरोप भ्रमणमा गएका अध्यक्ष नेपाल सोमबार बिहान स्वदेश फर्किएका हुन् । सर्वोच्च अदालतबाट ललिता निवासको छानबिन गर्न आदेश आएको भोलिपल्टै अध्यक्ष नेपाल टर्किस एअरलाइन्सनबाट युरोप भ्रमणमा गएका थिए ।

जनमत पार्टी नौ महिनामा दोस्रोपटक सरकारमा सहभागी, अनितादेवी बनिन् मन्त्री सोमबार, साउन २९, २०८० मंसिरमा भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनबाट उदाएको राष्ट्रिय जनमत पार्टी पछिल्लो नौ महिनामा दोस्रोपटक सरकारमा सहभागी भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा पुसमा सहभागी भएको जनमत पार्टी चैतमा बाहिरिएको थियो ।

कागबेनी बाढी पीडितको गुनासो : ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौँ सोमबार, साउन २९, २०८० कागबेनीको प्रहरी चौकीमा बाढीले क्षति पुर्याएपछि सुरक्षाकर्मीलाई गाउँपालिकाको कार्यालयमा राखिएको छ । प्रहरी चौकीका हतियार र सामग्री भने सुरक्षित रहेका छन् । बस्तीभित्र कागखोला वारपार गर्न बनाइएका तीन वटा मान्छे हिँड्ने पक्की पुल बाढीले बगाएको छ । जोमसोम–कोरला सडकअन्तर्गत कागबेनीमा निर्माणको अन्तिम चरणमा रहेको मोटरेबल पुल बगाएको छ । पुलको...

स्थानीय तहका कर्मचारी आन्दोलित सोमबार, साउन २९, २०८० सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरू आफ्नो पेसागत हकहितको माग पूरा गराउन देशव्यापी रूपमा आन्दोलित भएका छन् ।

साउनको अन्तिम सोमबार शिवालयमा भक्तजनको भीड सोमबार, साउन २९, २०८०

सीआईबीको गम्भीर लापरबाहीले पक्राउ परेका डा. रञ्जितकुमार यादव रिहा सोमबार, साउन २९, २०८० प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महोत्तरी घर भएका डा रञ्जितकुमार यादवलाई काठमाडौंबाट पक्राउ गरेको थियो । यादव सक्कली चिकित्सक भएको पुष्टि भएपछि रिहा गरिएको सीआईबीका एसपी नवराज अधिकारीले बताए । सीआईबीले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरेको थियो ।

सप्तकोशीमा पानीको बहाब यसवर्षकै उच्च मापन, ५६ वटै ढोका खोलियो सोमबार, साउन २९, २०८० ३४ वर्षपछि यसवर्ष कोशीमा पानीको बहाब उच्च देखिएको हो । पानीको बहाब उच्च भएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
![कागबेनीमा बाढीले पुर्याएको क्षति [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/mustang-badhi-flood-21691983205.jpg)
कागबेनीमा बाढीले पुर्याएको क्षति [तस्बिरहरू] सोमबार, साउन २९, २०८० बाढीले १० घर/होटल, प्रहरी चौकी, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन विद्युतका पोल बगाएको बताएको छ ।

महाकालीमा जलसतह बढ्यो, शारदा ब्यारेजमा सवारीसाधन सञ्चालनमा रोक सोमबार, साउन २९, २०८० महाकाली नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जलसतह बढेको जनाएको छ ।

बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध, पहिरो पन्छाइँदै सोमबार, साउन २९, २०८० पहिरोका कारण बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

सरकार ढल्दैन : कांग्रेस प्रमुख सचेतक सोमबार, साउन २९, २०८० नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीभित्र सरकार फेरबदलको कुनै कुरा नभएको बताएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिँदै जनमतकी अनितादेवी सोमबार, साउन २९, २०८० जनमत पार्टीका तर्फबाट अनितादेवी साहले सोमबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको सपथ लिँदैछिन् ।









