बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध, पहिरो पन्छाइँदै

बुटवल— पहिरोका कारण बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिका–३ स्थित तीस माइलमा सडक माथिबाट पहिरो खसेको हो ।
दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कमल थापाले पहिरोका कारण गएराति १२ बजेदेखि सडक अवरुद्ध भएको बताए ।
पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भएको उनले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० ०८:३८













