News Griha :: न्यूजगृह
स्थानीय तहका कर्मचारी आन्दोलित

काठमाडौं— सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरू आफ्नो पेसागत हकहितको माग पूरा गराउन देशव्यापी रूपमा आन्दोलित भएका छन् ।

सरकारले शिक्षक र कर्मचारीहरूको मागलाई सम्बोधन नगरेको भन्दै आफ्नो पेसागत माग पूरा गराउन पहिलो चरणको कार्यक्रमअन्तर्गत स्थानीय सरकारको कार्यालयमा उनीहरूले धर्ना दिएका हुन् ।

सार्वजनिक भएको विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा रहेका केही दफाहरू संविधान प्रदत्त ट्रेड युनियन अधिकार, शिक्षक र कर्मचारीको पेसागत सुरक्षा र स्वाभिमानको खिलाफमा रहेको भन्दै नेपाल शिक्षक महासंघले देशव्यापी रूपमा आन्दोलन घाेषणा गरिसकेकाे छ ।

नेपाल शिक्षक महासंघ र सरकारबीच भएका ३० बुँदे र ५१ बुँदे सहमति पत्रसहित देशभरका पालिकामा शिक्षक र कर्मचारीले धर्ना दिए ।

 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०९:५५
Weather Update