निजी विद्यालय सञ्चालकहरूले बुझाए स्थानीय तहमा ज्ञापनपत्र

काठमाडौं— निजी शैक्षिक संस्थाका छाता संगठनले बुधबार देशभरका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापनपत्र बुझाएका छन् ।
संघीय संसदमा टेबुल हुन लागेको शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै उनीहरूले ज्ञापनपत्र बुझाएका हुन् ।
प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा मंगलबार सार्वजनिक गरेको कार्यक्रम अनुसार बुधबार सबै निकायमा ज्ञापनपत्र बुझाएको प्याब्सन केन्द्रीय समितिले जानकारी दिएको छ ।
शिक्षा विधेयक निजी विद्यालयको विरुद्धमा आएको उनीहरूको ठहर छ ।
प्रकाशित मिति: बुधबार, साउन २४, २०८० १८:१८













