News Griha :: न्यूजगृह
‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’ उत्पादन लक्ष्य

काभ्रे— काठमाडौं विश्वविद्यालय (केयू) ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इन्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित केयूले यसका लागि ‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’को अवधारणासमेत अघिसारेको छ ।

केयूद्वारा बुधबार आयोजित ‘नेपालमा खानी इन्जिनियरको महत्व,उपयोगिता तथा शैक्षिक अनुसन्धान’ विषयक अन्तर्क्रियामा उपकुलपति प्रा.डा.भोला थापाले नेपालको सुन्दरता जोगाइराख्न डाँडा बचाइ खानी सञ्चालन गर्ने प्रविधिका लागि खानी इन्जिनियरको आवश्यकता परेको बताए ।

उनले भने,‘नेपालमा रहेका खानीजन्य उद्योगमा खानी इन्जिनियरको अभाव पूर्तिका केयूले ‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’ को अवधारणा अघि सारेको हो ।’

उनले हाललाई काभ्रेपलाञ्चोकलगायत केही जिल्लाका स्थानीय तहले कम्तिमा एक जना भए पनि विद्यार्थीलाई माइनिङ इन्जिनियरिङ अध्ययनमा पठाउन आग्रह गरे ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०८:५५
Weather Update