बरामद एक क्विन्टल सुन पगाल्न सुरु सोमबार, साउन २९, २०८०

गोरखामा भेटिएको टल्किने ढुङ्गा भगवती शिलाका रुपमा गोरखामै राख्ने निर्णय सोमबार, साउन २९, २०८० अलौकिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्व कालदेखि कूल देवता मानेर पूजा गर्दै आएका थिए । सोही कारण गोर्खाली जनताले पनि यसलाई शक्तिको प्रतीकका रुपमा लिएकाले जिल्ला बाहिर नपठाउने निर्णय भएको नगरपालिकाकी उपप्रमुख मसली माया थोकरले जानकारी दिइन् । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरसहित जनप्रतिनिधि तथा जिल्लाभित्रका १७ भन्दा...

नौ किलो सुन प्रकरणमा मुछिएका पूर्वसभामुखका छोराले भने: कोहीसँग सम्पर्क हुँदैमा आपराधि भन्नु गलत सोमबार, साउन २९, २०८० महराका छोरा राहुलले पुष्टि नभएको विषयमा आरोप लगाएर चरित्र हत्या गर्ने काम भएको आरोप लगाउँदै आपत्ति खण्डन गरेका हुन् । सञ्चार माध्याममा आइरहेका आरोपप्रति आपत्ति जनाउँदै पुष्टि नभएको बताएका उनले आफ्नो राजनीतिक जीवन सिध्याउन खोजेको बताए ।

सप्तकोशीका सबै ढोका खुला, अहिलेसम्म पानीको बहाव उच्च सोमबार, साउन २९, २०८० कोशीको पानी अझै ब्यारेज पुलको तल्लो भागलाई छोएर बगिरहेको छ । पछिल्लो मापनअनुसार सप्तकोशीमा पानीको बहाव चार लाख क्युसेक प्रतिसेकेण्ड रहेको छ । बिहानको समयमा पानीको बहाव चार लाख ६२ हजार ३४५ क्युसेक प्रतिसेकेण्डसम्म पुगेको थियो । बहावमा उतारचढाव जारी रहेकाले पूर्ण शतर्कता अपनाइएको सुनसरी प्रशासनले जनाएको छ ।

पहिरोले देशभरका यी राजमार्गहरू अवरुद्ध सोमबार, साउन २९, २०८० प्रहरी प्रधान कार्यालयका अनुसार वर्षासँगै पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व)का विभिन्न नौ स्थानका सडक अवरुद्ध भएको हो । पहिरोका कारण दार्चुलाको गोकुलेश्वर–दार्चुला राजमार्ग, सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङ सडक खण्ड अवरुद्ध भएको हो ।

एमाले सांसद रायमाझी निलम्बितबारे सदनलाई जानकारी दिइने सोमबार, साउन २९, २०८० सोमबार दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद रायमाझी निलम्बित भएको जानकारी गराउने भएका हुन् । उनले प्रतिनिधि सभा नियमावलीअनुसार रायमाझी निलम्बित भएको जानकारी गराउने भएका हुन् ।

‘सामान्य परिवारको मान्छे मन्त्रीका रुपमा आएँ, सिक्ने मौका पाएँ' सोमबार, साउन २९, २०८० निवर्तमान संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीले पद र प्रतिष्ठा सधै नहरने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पद प्रतिष्ठा सधैभरि नरहने बताउँदै जिम्मेवारी लिएपछि अन्तिमसम्म देश र जनताका लागि काम गर्नु पर्ने बताए ।

कागबेनीमा बाढी: २० घर बगायो, थप क्षतिको संकलन सुरु सोमबार, साउन २९, २०८० एराति अविरल वर्षासँगै कागखोलामा आएको बाढीले कागबेनीमा प्रहरी चौकी भवनसहित २० वटा घर बगाएको थियो । मुक्तिनाथ हुँदै झर्ने कागखोला पहिरोले थुनिएपछि आएको बाढीले कागबेनीमा ठूलो भौतिक क्षति भएको हो । प्रहरीका अनुसार अहिलेसम्म ३६ घरमा बाढीले क्षति पुर्याएको छ ।

निर्माण व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन सोमबार, साउन २९, २०८० प्रधानमन्त्रीले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि करजस्ता विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयलले आपसी समन्वयका आधारमा यथाशीघ्र माग सम्बोधन गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए । प्रधानमन्त्रीले निर्माण व्यवसायीले उठाएका मागको सम्बन्धमा सम्बोधन गर्न सम्बद्ध निकायलाई निर्देशनसमेत दिएको प्रवक्ता भट्टले जानकारी दिए ।

कमर्स क्याम्पसका ६३ विद्यार्थी परीक्षा दिनबाट बञ्चित, त्रुटी कसको ? सोमबार, साउन २९, २०८० सोमबारबाट बीबीएस दोस्रो वर्षको परीक्षा सुरु भएको छ । तर उनीहरू परीक्षामा सहभागि हुन पाएनन् । कारण ६३ जना विद्यार्थीको परीक्षा फारम क्याम्पस मै छ । परीक्षा फारम त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुमा बुझाएपछि मात्र प्रवेशपत्र आउँछ ।

प्रदर्शनी र मेलामा सहभागी हुन उपराष्ट्रपति यादव चीन जाँदै सोमबार, साउन २९, २०८० चीनको कुनमिङमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म उक्त प्रदर्शनी आयोजना हुँदै छ । उपराष्ट्रपति यादव सोमबार अपराह्न १६ः२५ बजे चाइना इस्टर्न एयरलाइन्सको नियमित उडानबाट कुनमिङ प्रस्थान गर्ने कार्य तालिका रहेको छ ।
पत्रकार सम्मेलन गरेर सरकारबाट बाहिरिए मोदी, यस्ता छन् आठ महिनामा गरेका कामहरू सोमबार, साउन २९, २०८० मोदीको ठाउँमा जनमत पार्टीकी अनितादेवी साहले पद तथा गोपनियताको शपथ लिएकी छन् । सोमबार बिहान १० बजे अनितादेवीले राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिएकी हुन् । पार्टीबाट फिर्ता बोलाएसँगै मोदीले मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफूले गरेका कामबारे जानकारी गराएका छन् । निजामति प्रशासनको नेतृत्व गरेका मोदीले मन्त्रालयको नेतृत्व सम्हालेको...

प्रधानमन्त्रीले भने : बुढीगण्डकी जलविद्युतको शिलान्याश छिट्टै हुन्छ सोमबार, साउन २९, २०८० गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधि मण्डलसँग सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको परियोजना भएकाले शीघ्र अघि बढाउने बताए । साउन ३ गते उक्त आयोजनाको फिल्ड कार्यालय उद्घाटन भइसकेको छ ।









